गण्डकी बोर्डिङ स्कुल
(राष्ट्रिय विद्यालय)
लामाचौर, पोखरा ०६१-४४३४१४, ४४३३९८
Email: info@gbs.edu.np
लामाचौर, पोखरा ०६१-४४३४१४, ४४३३९८
Email: info@gbs.edu.np
मितिः २०८३/०६/१६
लेखापरीक्षण गराउने बारेको सूचना !
यस गण्डकी बोर्डिङ स्कूल, विद्यालयद्वारा स्थापित छात्रवृत्ति कोष, डा.पि.भी. चाण्डी जिबिएस छात्रवृत्ति कोष एवम् विद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत सञ्चालित गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्स लामाचौर, पोखराको २०८२ श्रावण देखि २०८३ असारसम्मको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भएका ‘क’ र ‘ख’ वर्गका इच्छुक कानुनी मान्यता प्राप्त लेखा परीक्षकहरूले आफ्नो योग्यता, अनुभवको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी आफ्नो योग्यता तथा अनुभवको विवरणसहित उल्लेख गरी कार्तिक १६ गतेभित्र लेखा परीक्षणका लागि पारिश्रमिक प्रस्तावसहितको बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । लेखा परीक्षक नियुक्ति गर्ने सर्वाधिकार विद्यालयमा सुरक्षित रहने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
